काठमाडौं – काठमाडौं उपत्यकाका सातवटा नाका पूर्ण रुपमा बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड(१९)को संक्रमण फैलिन नदिन उपत्यका भित्रिने र बाहिरने मुख्य सातवटा नाका पूर्णरूपमा बन्द गरिएको हो ।
उपत्यका भित्रिने थानकोट नागढुङगा, बल्खु फर्पिङ ,साँखु , मर्खु भन्ज्याङ, बालाजु बाईपासलगाएत नाका सोमबार बिहान ७ बजेदेखि पूर्णरूपमा बन्द गरिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।
अत्यावश्यक वस्तुको ढुवानीमा मेडिकल टिम सुरक्षा निकाय तथा विरामी बोकेका सवारी साधन भने आवतजावत गर्न पाउने उनले बताए ।
यो सँगै उपत्यकामा चल्ने सवारी साधनमा अत्यावश्यक अवस्थाका सवारी साधन बाहेक अन्य सवारी साधन नचलाउन र आग्रह गरिएको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया