लण्डनमा कोरोनाको उपचार गराइरहेकी लमजुङकी महिलाको भावुक पोष्टः निको हुने छाँटकाँटै छैन !

लण्डनमा कोरोनाको उपचार गराइरहेकी लमजुङकी महिलाको भावुक पोष्टः निको हुने छाँटकाँटै छैन !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतको लन्डनमा कोरोना संक्रमित एक नेपाली महिलाले कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेकी छन् । दुई हप्तादेखि कोरोनाको उपचार गराइरहेकी ति महिलाले एक भावुक पोष्ट गर्दै विशेष सावधान रहन आफन्त तथा साथीभाइलाई सुझाव दिएकी हुन् ।

लमजुङको तार्कुघाट की भगवती रानाभाटले कोरोनाको पिडादायी अवस्थाबाट गुज्रिरहेकाले उनले उपचार सम्भव नहुने भावुक पोष्ट सेयर गरेकी छन् ।

‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै !,’ रानाभाटले भनेकी छन्,‘यो महामारी कति पीड़ादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाँटै छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथिभाइलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचें, सबैले सावधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु ।’