नेपाली सेनाले ब्यारेकलाई बनायो क्वारेनटाइन

नेपाली सेनाले ब्यारेकलाई बनायो क्वारेनटाइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – नेपाली सेनाले ब्यारेकलाई क्वारेन्टाइन बनाएको छ । नेपाली सेनाले कोरोना भाइरस (कोभिड –१९) को सम्भावित सङ्क्रमणलाई रोक्न १८ नम्बर बाहिनीअन्तर्गत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ मा रहेको बेलसोत क्याम्पलाई गरेर क्वारेन्टाइन निर्माण गरेको हो ।

प्रदेश १ सरकारले गएको फागुन २९ गते प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम न्युनीकरण गर्न क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो । सम्भावित सङ्क्रमण रोक्न न्युनतम स्वास्थ्य मापदण्ड कायम गरेर ब्यारेकको ३४ वटा भवनलाई २ सय बेड क्षमताको क्वारेन्टाइनमा परिणत गरिएकोे हो ।

साथै ब्यारेकमा रहेका सेनालाई एक किलोमिटर टाढा अस्थायी टहरा निर्माण गरेर राखिएको रणशार्दुल गण बेलसोत क्याम्पका क्याप्टेन सूर्यबहादुर राईले बताए । विभिन्न कलस्टरमा विभाजित गरेर महिलालाई बेग्लै र पुरुषलाई बेग्लै राख्नेगरी क्वारेन्टाइन निर्माण गरिएको राईले बताए ।