चीनको राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन

चीनको राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनका लागि नेपाली राजदूतमा सिफारिस महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन भएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकले पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

गत फागुनमा सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर उनको ठाउँमा नेकपा नेता महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि अब पाण्डेलाई राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने व्यवस्था छ ।