सकलदर्जाहरु ब्यारेकभित्र ‘लकडाउन’, यस्तो छ कोरोनाविरुद्ध सेनाको तयारी

सकलदर्जाहरु ब्यारेकभित्र ‘लकडाउन’, यस्तो छ कोरोनाविरुद्ध सेनाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड – १९) ले विश्वव्यापी महामारी निम्त्याइरहेका बेला नेपाली सेनाले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अघि बढाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डा काठमाडौंले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध लड्नका लागि भइरहेको तयारीबारे जानकारी गराएको हो ।

‘कोरोना भाइरसको कुनै केस आएमा नेपाली सेनाका (डाक्टर सहितको) रथीवृन्द तथा अधिकृतहरू सहितको कोर टीम गठन गरी सम्पूर्ण युनिट र सब युनिटहरू तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको छ,’ नेपाली सेनाद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ।

सेनाले सकलदर्जाहरुको सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको जनाएको छ । साथै सेनाले सकलदर्जालाई ब्यारेकभित्र नै लकडाउन गरिएको जनाएको छ ।