नेपाललाई चीन र अमेरिकाको विवादमा नपार्ने गरी काम गर्छु : राजदूत पाण्डे

नेपाललाई चीन र अमेरिकाको विवादमा नपार्ने गरी काम गर्छु : राजदूत पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले अमेरिका र चीनबीचको विवादमा नेपाल नपर्ने गरी काम गर्ने बताएका छन् । संसदीय सुनुवाई समितिमा सोमबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले अमेरिका र चीनबीचको विवादमा नेपाललाई नपार्ने प्रतिवद्धता जनाए ।

राजदूत पाण्डेले दुई देशबीच भएका सम्झौता कार्यान्वनयमा आफुले जोड दिने बताए । उनले नेपाल र चीनबीच निरन्तर उच्चस्तरीय तथा औपचारिक र अनौपचारिक भ्रमणको आदान प्रदान गराउन प्रयत्न गर्ने प्रतिवद्धता समेत जनाए ।

चिनियां लगानीकर्तालाई नेपालको जलस्रोत, कृषि, भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने र नेपाली उत्पादनको लागी चिनियां बजार खोज्ने उनको भनाई थियो । पाण्डेको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ।