काठमाडौं – नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको बैठकले सोमबार साँझ देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो । अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन ।
यसैगरी सरकारको अत्यावश्यक सेवाबाहेकको कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कर्मचारीहरुलाई घरमै तयारी अवस्थामा रहने निर्देशन दिइएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अन्य कर्मचारीलाई घरमा रहन भनिने छ ।




प्रतिक्रिया