बलात्कारको आरोप लागेका सांसद रावल पाँच लाख धरौटीमा छुटे

बलात्कारको आरोप लागेका सांसद रावल पाँच लाख धरौटीमा छुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल धरौटीमा रिहा भएका छन ।

सोमबार भएको थुनछेक बहसपछि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले रावललाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रावल धरौटी बुझाएर रिहा भएका जिल्ला अदालतका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए । धनगढीकी एक महिलाले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै रावलविरुद्ध १४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।

आफू विरुद्ध उजुरी परेको थाहा पाएपछि २१ फागुनमा जिल्ला प्रहरी कार्यालय पुगेका रावललाई प्रहरीले त्यहींबाट नियन्त्रणमा लिएको थियो ।