नेपालका लागि चिनियां राजदूतले भनिन् ‘नेपालका लागि प्रार्थना गरिरहेका छौं ’

नेपालका लागि चिनियां राजदूतले भनिन् ‘नेपालका लागि प्रार्थना गरिरहेका छौं ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि चिनियां राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको बताएकी छन् । उनले ट्विटरमा नेपालको लागी प्रार्थना गरिरहेको भन्दै चीनबाट चिकित्सा सामग्री ल्याउने प्रयास गरिरहेको समेत जानकारी दिएकी छन् ।

राजदूत यान्छीले भनेकी छन् ‘हामी नेपालका लागि प्रार्थना गर्छौं र केही चिकित्सा सामाग्री ल्याउन सक्दो संयोजन गर्दैछौं। हामी साथमा छौं । ’  नेपालले चीनसंग पर्सनल प्रोटेक्सन इक्विपमेन्ट, कोरोना परीक्षण किट, ल्याबसहितको मोबाइल एम्बुलेन्सलगायत उपकरण माग गरेको छ। चीनले नेपाल सहयोग गर्न तयार रहेको जानकारी यसअघि नै दिइसकेको छ ।