काठमाडौं – सरकारले एक हप्ताका लागि लकडाउन गरेपछि प्रहरीले कडाइ गरिरहेको छ ।
सरकारले लकडाउन गरेपनि सर्वसाधारणले नियम पालना नगरेपछि प्रहरी प्रधान कार्यालयले सर्वसाधारणलाई घरभित्र रहन आग्रह गर्दै राजधानीसहित देशका विभिन्न शहरी क्षेत्रमा माइकिङ गरिरहेको हो ।
प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बाहिर निस्केका सर्वसाधारणलाई सम्झाइबुझाई घरभित्र रहन आग्रह गरिएको बताए ।
नेपालमा एक जना युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनी हाल टेकुमा उपचार गराइरहेकी छन् ।




प्रतिक्रिया