कोरोना देखिएकी युवतीसँगै नेपाल आएका चार जना युवा सम्पर्कमा आए

कोरोना देखिएकी युवतीसँगै नेपाल आएका चार जना युवा सम्पर्कमा आए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षीया किशोरीलाई आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै एउटै विमानमा आएका यात्रुहरुको निरीक्षण पनि सरकारले थालेको छ ।

यसैक्रममा उनीसँगै विमानमा आएका बाग्लुङको ढोरपाटन नगरपालिका ५ का एक युवालाई छुट्टै आइसोलेसनमा राखिएको छ ।

२४ वर्षीय ती युवालाई उनकै दुईमध्ये एक घरमा छुट्टै आइसोलेयसनमा राखिएको छ ।

त्यस्तै फ्रान्सबाट नेपाल आएकी युवतीसँगै नेपाल आएका काभ्रेका दुई युवा पनि सम्पर्कमा आएका छन् । यसमध्ये बनेपा नगरपालिका–२ नालाका युवा छन् भने अर्का युवा धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका रहेका छन् ।

उनीहरुलाई धुलिखेल अस्पतालमा चेक गरी घरमै सेल्फ क्वरेन्टाइनमा बस्ने छन् ।