काठमाडौंमा ‘लकडाउन’ उल्लङ्घन गर्ने ३०२ सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौंमा ‘लकडाउन’ उल्लङ्घन गर्ने ३०२ सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारले लागू गरेको कोरोना भाइरस विरुद्धको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई पक्राउ गरेको छ । लकडाउनको दोस्रो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अटेर गरी लकडाउन उल्लङ्घन गर्ने ३०२ सवारी साधनलाई पक्राउ गरेको हो ।

बुधबार बिहान सम्म लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।