भोली बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित

भोली बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भोली अर्थात १३ गते बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । कोरोनाभाइरस सन्त्रासपछिको लकडाउनका कारण प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले बुधबार सूचना जारी गर्दै यसअघि चैत १३ गतेलाई बोलाइएको बैठक २३ गते बस्नेगरी स्थगित गरिएको जानकारी दिएका छन् ।

सरकारले देशभर अत्यावाश्यक सेवा वाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएकाले प्रतिनिधि सभा नियामावली २०७५को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।