‘लकडाउन’को उल्लङ्घन गरेपछि सप्तरी र बागलुङमा सेना परिचालन

‘लकडाउन’को उल्लङ्घन गरेपछि सप्तरी र बागलुङमा सेना परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउन स्थानियले नमानेपछि सप्तरीमा नेपाली सेना परिचालन गरिएको छ ।

लकडाउनको पहिलो दिन स्थानीयवासीले नमानेपछि सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरेपछि सप्तरीमा सेना परिचालन गरिएको हो ।

प्रहरीलाई नियन्त्रण गर्न समस्या देखिएपछि सेना परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले काठमाडौंपाटीलाई जानकारी दिए । उनले गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने बताए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार सप्तरीको राजविराज हनुमाननगर, रुपनी र कल्याणपुरमा नेपाली सेना परिचालन गरिएको हो ।

त्यस्तै बागलुङमा पनि स्थानियले लकडाउन उल्लङ्घन गरेपछि सेना परिचालन गरिको छ । प्रहरीले नियन्त्रण गर्न नसकेपछि सेना परिचालन गरिएको प्रवक्ता पाण्डे बताए ।