‘लकडाउन’मा बाहिर निस्केकालाई लाठी हान्ने दुई प्रहरीलाई कारबाही हुने

‘लकडाउन’मा बाहिर निस्केकालाई लाठी हान्ने दुई प्रहरीलाई कारबाही हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले जारी गरेको ‘लकडाउन’मा बाहिर निस्केकालाई  लाठी हान्ने प्रहरीलाई कारबाही हुने भएको छ ।

बुधबार लकडाउन उल्लङ्घन गरी बाहिर निस्केकालाई प्रहरीले लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका दुई हवल्दारमाथि विभागिय कारबाही हुने भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले लाठी हान्ने प्रहरीलाई विभागीय कारबाही गर्ने बताए । उक्त भाइरल भिडिओमा दुई प्रहरीले साइकल चलाएर आइरहेका एक युवालाई लाठीले हानेको देखिन्छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिने भन्दै सरकारले मंगलबारदेखि देशभर साताव्यापी लकडाउन सुरू गरेको थियो । मानिसहरू घरमै बसुन् र संक्रमण फैलिन नपाओस् भनेर सरकारले लक डाउन गरे पनि कति मानिस खाँचो परेर त कति काम नपरी बाहिर निस्केका छन् ।