काठमाडौं – स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट स्वास्थ्य सामग्री ल्याउने तयारी भइरहेको बताएका छन् ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री ढकालले आगामी तीन दिनभित्र चीनबाट स्वास्थ्य सामग्री ल्याइसक्ने बताए । ‘तत्कालै मित्रराष्ट्र चीनबाट स्वास्थ्य सामग्री ल्याउँछौं । ३ दिनभित्र ल्याउन सफल हुन्छौं’, उनले भने ।
उक्त सामग्री स्वास्थ्य मन्त्रालयको समन्वयमा सेना, प्रहरी र यातायात मन्त्रालयमार्फत प्रदेश, जिल्ला र प्रभावित क्षेत्रमा पुर्याइने छ ।




प्रतिक्रिया