इन्डक्सनमा खाना पकाउनेलाई २० प्रतिशत छुट दिन उर्जामन्त्रीको निर्देशन

इन्डक्सनमा खाना पकाउनेलाई २० प्रतिशत छुट दिन उर्जामन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनमा खाना पकाउनेलाई २० प्रतिशत छुट दिने भएको छ । मन्त्रालयले इन्डक्सन प्रयोगमा प्रोत्साहन बढाउनका लागि २० प्रतिशत छुट दिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो ।

ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म छुट दिन मन्त्री पुनको निर्देशन छ ।

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।’

मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरे । ‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ’, उनले भने, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ ।’