आफ्ना नागरिक फिर्ता लैजान अमेरिकी दूतावासको आग्रह

आफ्ना नागरिक फिर्ता लैजान अमेरिकी दूतावासको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले नेपालमा रहेका आफ्ना नागरिक अमेरिका लैजान दिन अनुरोध गरेको छ ।

दूतावासले आफ्नो ट्वीटरमा नेपालमा रहेका आफ्ना नागरिक जुन अमेरिका फर्कन चाहन्छन्, उनीहरूलाई लैजान दिन अनुमतीका लागि नेपाल सरकारलाई औपचारिक रूपमा आग्रह गरेको जनाएको छ । दूतावासले नेपाल सरकारको अनुमति पाएलगत्तै उडानको व्यवस्था गर्ने जनाएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै एक साताका लागि लकडाउनको घोषणा गरेको छ । जसका कारण सडक एवं हवाई यातायात पनि पूर्ण बन्द छन् ।

लकडाउनको घोषणासँगै कुनै पनि अन्तर्राष्ट्रिय विमानले नेपालमा उडान गरेका छैनन् । कुनै पनि मुलुकले नेपालमा रहेका आफ्ना नागरिक लैजान चाहेमा नेपाल सरकारको स्वीकृति लिनुपर्ने हुन्छ ।

त्यसै कारण नेपालस्थित अमेरिकी दूतावासले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजान दिन नेपाल सरकारसँग अनुमति मागेको हो । सरकारले अनुमति दिएमा अमेरिकाले रेस्क्यू उडानमार्फत आफ्ना नागरिक लैजान सक्नेछ ।