काठमाडौं – सरकारले उद्योगीरव्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमै पुर्याउन निर्देशन दिएको छ ।
उद्योग वाणिज्य महासंघका पदाधिकारी, काठमाडौंमा सुपरमार्केट, ग्रोसरी तथा विभिन्न होलसेल पसल सञ्चालन गर्नेहरूलाई लकडाउन अवधिभर उपभोक्ताका मागअनुसार घरघरमै खाद्य वस्तु पुर्याउन गृह मन्त्रालयले बिहीबार निर्देशन दिएको हो ।
गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगीरव्यवसायी, काठमाडौंमा सुपरमार्केटरग्रोसरी, खाद्य स्टोर सञ्चालन गर्ने तथा महानगरपालिका कार्यालयका पदाधिकारीलाई बोलाएर छलफल गरेका हुन् ।
लकडाउन अवधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसँग समन्वय गरेर पास लिन गृहमन्त्रालयले व्यवसायीलाई आग्रह गरेको छ ।
उपभोग्य वस्तुको होम डेलिभरीमा महानगरपालिका, नगरपालिका तथा सम्बन्धित वडा कार्यालयलाई सहजीकरण गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।
गृहले लकडाउन अवधिमार कुनै समस्या परे तथा कालोबजारी गरेको थाहा पाए ११४९ नम्बरमा वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ ।





प्रतिक्रिया