काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले निजी अस्पतालले कोरोना संक्रमितको उपचार नगरेर कायरत प्रस्तुत गरेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सबै निजीस्तरका स्वास्थ्य संस्थालेसमेत नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने र संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गरेका हुन् ।
पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ । यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ ।’
।
कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ । यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) March 26, 2020




प्रतिक्रिया