प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे नेता नेपाल

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे नेता नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

मुटुको चाल केही बढेपछि बिहीबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल आज शुक्रबार अस्पताल पुगेका हुन् ।

नेता नेपालले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । भेटमा प्रधानमन्त्री र नेता नेपालबीच समसामयिक विषयमा ४० मिनेट कुराकानी भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए ।

अस्पतालमा उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेको बताउँदै सम्भवत प्रधानमन्त्रीलाई आजै साँझ अस्पातबाट डिस्चार्ज गरिने बताए ।

प्रधानमन्त्री ओलीको गत २१ फागुनमा शिक्षण अस्पतालमै दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।