काठमाडौं – नेपाल विद्युत प्राधिकरणका ३८ लाख ग्राहकले चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् । १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा ग्राहकरुले २० प्रतिशत छुट पाउने भएका हुन् ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रेगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुह्लो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको बताए ।
लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत महसुलमा छुट गर्न लागिएको मन्त्री पुनको भनाइ छ ।
मन्त्री पुनले ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने स्पष्ट पारे । ‘एकातिर विद्युतको माग घटेर गएको छ भने अर्का्तिर ग्यासको अभाव देखिएको छ’, मन्त्री पुनले भने, ‘यो ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने उपयुक्त अवसर हो ।’
ग्यास बाहिरबाट आयात गर्नुपर्ने तर विद्युत नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रवद्र्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास व्यक्त गरे ।
‘नाकाबन्दीका बेला पनि ग्यासको हाहाकार भयो। अहिले पनि अभाव देखिएको छ’, उनले भने, ‘बिलुजी जस्तोसुकै संकटमा पनि आउँने भएकाले स्वीच थिचेपछि खाना पाक्छ ।’
सबै उपभोक्ता एकैपटक ग्यासको विकल्पमा इलेक्टिङक कुकिङमा जान असम्भव भए पनि काठमाडौंसहित सहरी क्षेत्रबाट त्यसको सुरुआत गर्न सकिने उनको विश्वास छ ।




प्रतिक्रिया