काठमाडौं – स्वास्थ्यमा समस्या आएर बिहीबार राति अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गरिएको छ । मुटुको चालको घटबड भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो ।
उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी गराएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाललगायतका नेताहरु अस्पताल पुगेका थिए ।




प्रतिक्रिया