नेपालमा कोरोनाविरुद्ध र्यापिड रेस्पोन्स टिम पठाउन तयार छौंः भारत

नेपालमा कोरोनाविरुद्ध र्यापिड रेस्पोन्स टिम पठाउन तयार छौंः भारत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव राखेको छ । भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बनर्जीले नेपाललाई सहयोग गर्न आफू तयार भएको बताएका हुन् ।

बनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्यापिड रेस्पोन्स टिम (आरआरटी)नेपालमा पठाउन तयार छ ।’

छिमेकी देशहरुमा आवश्यकताअनुसार पूर्वाधार विकास र दक्ष जनशक्ति पनि सहयोग गर्न सकिने उनले बताएको हिन्दुले लेखेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सहयोग प्रस्ताव आएको स्वीकारेका छन् ।

तर, नेपाललाई अहिले आरआरटीभन्दा पनि उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएको बताएका छन् ।