श्रमिकहरुका लागि विशेष प्याकेज घोषणा गर्न छाया श्रममन्त्रीको माग

श्रमिकहरुका लागि विशेष प्याकेज घोषणा गर्न छाया श्रममन्त्रीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले श्रमिकहरुका लागि विशेष प्याकेज घोषणा गर्न माग गरेकी छन् ।

सरकारले घोषणा गरेको ७ दिने लकडाउनबाट श्रमिक वर्ग मारमा परेको भन्दै उनले सरकारसँग विशेष राहत प्याकेज घोषणा गर्न माग गरेकी हुन् ।

प्रतिनिधिसभा सदस्य एवं छाया श्रममन्त्रीसमेत रहेकी डा. संग्रौलाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताएकी छन् । उनले कोरोनाको नियन्त्रणका लागि सरकार अझै जिम्मेवार र गम्भीर हुन जरुरी रहेको बताइन् ।

कोरोनाको नियन्त्रयणका लागि सबै नागरिक सचेत र संयमित हुनुपर्ने बताइन् । उनले लकडाउनको पालना गर्न सबै नागरिकलाई आग्रह गरेकी छन् । ‘हामीले आफ्नो स्वास्थ्यका लागि क्यारेन्टाइनमा बस्नुपर्दछ । र सरकारले लगाएको नियम जिम्मेवारीका साथ पालना गर्नुपर्छ’, उनले भनिन् ।

उनले लकडाउनबाट गरीब किसान मजदुर र न्यून आए भएक ाश्रमिक वर्गमाथि परेको भन्दै उनले सरकारलगायत सम्बन्धित पक्षबाट विशेष राहत प्याकेज घोषणा गर्न माग गरेकी हुन् ।

यस्तो छ सरकारसँग उनको मागः
१. सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्नुपर्छ ।

२. राहत घरघरमा पुर्याउन वातावरणको कार्यान्वयन गर्ने (घोषणा गरेर मात्र भएन)

३. स्थानीय निकायहरुलाई सक्रिय पार्दै उनीहरुले आफ्ना स्रोत र साधनहरुलाई परिचालित गरी राहत प्याकेजहरु घरघरमा पुर्याउने व्यवस्था मिलाउने।

४. निजी क्षेत्रका उद्योगी व्यापारी वर्गाहरुले राहत प्याकेज घोषणा गरेर श्रमिक वर्गहरुलाई सहयोग गर्ने, एमजिओ, आइएनजिओहरुले गरिब गर्नको सहारा बन्नुपर्छ ।

५. मानवताको प्रर्दशन गर्ने । हुनेखाने वर्गले मानवताको प्रर्दशन गरेर आफ्नो ठाउँबाट जे सहयोग गर्न सकिन्छ गर्ने ।