एजेन्सी – लकडाउनका कारण विश्वभरी घरेलू हिंसाका घटनामा वृद्धि भएको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया समेत कयौ युरोपका देशमा यस किसिमको घटनामा तीव्र वृद्धि भएको छ । विशेषज्ञले महामारीबाट पर्ने सामाजिक असरप्रति चेतावनी दिएका छन् ।
उनीहरुका अनुसार महिला र बालबालिकाका लागि यो समय मुश्किल प्रमाणित भएको छ । अतिरिक्त तनाव वा त्रासले भरिएको घरमा अत्याचारको वृद्धि भएको छ । अमेरिकाको डीसी सेफ नामक एक संस्थाका अनुसार विगत २ साताको अवधिमा आफूलाई आउने घरेलू हिंसासँग सम्बन्धित फोन कलको संख्यामा दुई गुणाले वृद्धि भएको उल्लेख गरेको छ ।
यसैगरी अस्ट्रेलियामा यस किसिमको घटनामा ४० प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा घरेलू हिंसा अनुगमन गर्ने वकिलले स्थानीय प्रशासनलाई विशेष चेतावनी समेत जारी गरेको छ ।
यसैगरी २० राज्यका सिनेटरले ट्रम्प प्रशासनसँग घरेलू हिंसा पीडितलाई सहयोग गर्ने एजेन्सीमाथि लकडाउनबाट छुट मागेका छन् । यसो गर्नाले उनीहरु पीडिनसम्म सहजै पुग्ने सक्नेछन् ।




प्रतिक्रिया