एजेन्सी- जापानमा चेरी ब्लोसम पर्व र अन्य किसिमका उत्सवहरु आउन लागेको समयमा कोरोनाभाइरसको केस बढ्न सक्ने भन्दै प्रधानमन्त्री सिन्जो अबेले असाधारण तहको आर्थिक प्याकेजको प्रतिबद्धता जाहेर गरेका छन् । यसैबीच सरसफाइप्रतिको उदासिनताले जापानमा पनि कोरोनाभाइरसको छालनै आउन सक्ने अनुमान लगाइएको छ ।
जापानमा सरसफाइकर्मीहरुले टोकियोको १७९ मेट्रो स्टेशन दिनको दुई पटक स्यानीटाइज्ड गरेका छन् । फेब्रुअरीमा कोरोनाभाइरस देखा परेपछि उनीहरुले सतर्कता बढाएका छन् र मजबुत अवस्थाको एन्टिसेप्टिक समाधानको उपाय खोजेका छन् । जापानको प्राचिन ह्यान्डरेल र शान्त अवस्थाको मापदण्डले देशको निष्क्रिय अवस्थाको कोरोनाभाइरसको संख्या बताउदै आएको थियो । जनवरीमा चीनमा कोरोनाभाइरसको महामारी सुरु भएको थियो । तर देशको कम संक्रमण दरमाथि सवाल गर्न थालिएको छ । यसले बिमारीको दोस्रो छालको आउने तय भएको छ ।
शनिबार टोकियोमा ६३ संक्रमण देखिएको थियो । यो संख्या एकै दिनको सबैभन्दा बढी हो र राजधानीमा यो सहित संक्रमितको संख्या कुल ३६२ पुगेको छ । जापानमा देशैभरी पुष्टि भएका संक्रमितको संख्या १५२५ पुगेको छ । यसमा योकोहामाको डायमन्ड प्रिन्सेस क्रुज सीपको संक्रमणको संख्या समावेश गरिएको छैन । संख्यामा वृद्धि भएपछि सहरका गभर्नर युरिको कोइकेले नागरिकलाई घरमै बस्न आग्रह गर्नका लागि प्रोत्साहित गरेकी छन् । उनले टोकियोलाई पहिलो पटक लकडाउन गर्ने चेतावनी समेत दिएका छन् ।
मानिसहरुले उनको चेतावनीलाई बेमौषमी भएको ठानेका छन् । किनकी सहरमा बेमौषमी हिउ परेकाले मानिसहरु यो आइतबार घरमै बसेका छन् । ठूला डिपार्टमेन्ट स्टोर र मलहरु सप्ताहन्तमा बन्दनै भएका छन् । ‘सबैले आपतकालिन अवस्थाको बारेमा सोच बनाउनु आवश्यक देखिन्छ,’ जुनटेन्डो युनिभर्सिटीका सातोसी होरीले बताए । ‘मानिसहरु व्यायाममाथि लागेको प्रतिबन्धबाट थकित भइसकेका छन्,’ जापानका प्रधानमन्त्रीले बताए । उनले शनिबार असाधारण अवस्थाको आर्थिक प्याकेजको घोषणा गर्ने कार्यक्रह रहेको छ । १० दिनभित्रको अवधिमा सार्वजनिक गरिन लागेको यो कार्यक्रममा नगद हस्तान्तरण, कर छुट लगायतका विषयहरु समावेश हुनेछन् ।




प्रतिक्रिया