एजेन्सी – विश्वभरी झन्डै २०० मुलुकमा विस्तार भइसकेको र ३४ हजार भन्दा बढी मानिसको ज्यान गइसक्दा पनि उत्तर कारियाले आफ्नो मुलुकमा अहिलेसम्म पनि एउटा पनि कोरोनाभाइरसको संक्रमण नभेटिएको जनाउदै आएको छ ।
यो साँचो भएको जस्तो नलागे पनि अमेरिकी गुप्तचरले उत्तर कोरियामा उल्लेख्य रुपमा कम संक्रमित भएको उल्लेख गरेको छ । प्योङयाङमा सैन्य गतिविधि कम भएकाले यस्तो भएको हुन सक्ने अमेरिकी गुप्तचरको भनाई छ । चीन र दक्षिण कोरियामा भाइरसको प्रकोप भएकाले उत्तर कोरियाली कारखानाको गतिविधिमा पनि वृद्धि भएको छ ।
उत्तर कोरियामा सबैले सोही मुलुकमा बनाइएको कपडा लगाइएको भनाई वास्तवमै शंकास्पद रहेको छ । चीनको सीमा सहर डाङडोङ चिनियाँ पोशाक उत्पादनको केन्द्र बन्दै आएको छ । यसले नै उत्तर कोरियाको सिनुजी सहरमा गैर कानुनी रुपमा पोशाक पठाउँदै आएको छ र यो मेड इन चाइनाको रुपमा उत्तर कोरिया भित्रिदै आएको छ ।
यो प्रक्रियाबाट म्यानुफ्याक्चरहरुले ७५ प्रतिशत उत्पादन लागत बचत गर्दै आएका छन् । उत्तर कोरियाका राज्य स्वामित्वका कारखानाहरुले चीनको तुलनामा एक चौथाइ कम पारिश्रमिक भुक्तानी गर्दै आएकाले पनि धेरैजसो उत्तर कोरियालीहरु चीनमानै काम गर्नका लागि रुचाउँछन् ।
उत्तर कोरियाली कामदारहरुले पनि आफूहरु बढी उत्पादनशील भएको बताउँदै आएका छन् । उनीहरुले चिनियाँ कामदारको तुलनामा प्रत्येक दिन ३० प्रतिशत बढी लुगा उत्पादन गर्दै आएको बताएका छन् । धेरै समय काम गरेको र कठोर काम गर्ने अवस्थाका कारण उनीहरुले बढी उत्पादन गरेको उनीहरु बताउछन् ।
‘उत्तर कोरियामा कारखानाका मजदुरलाई अत्यावश्यक अवस्था बाहेक शौचालय जान समेत पाइँदैन । अन्यथा उनीहरुले पुरै एसेम्बली लाइनलाई ढिलो बनाउछ भन्ने उनीहरुले सोच्ने गरेका छन्,’सीमानाको दुवैतर्फ काम गर्दै आएका कोरियन–चाइनीज व्यवसायीले बताए । ‘उनीहरु पैसाका लागि मात्रै काम गर्ने चिनियाँ कारखाना मजदुर जस्ता होइनन । उत्तर कोरियालीको भिन्न व्ववहार छ । उनीहरुले आफ्नो राष्ट्र र नेताका लागि काम गरेको उनीहरु सोच्छन् ।’
विशेषज्ञ पोशाक एजेन्ट्सले चिनियाँ पोशाक म्यानुफ्याक्चरर, उत्तर कोरियाली सरकारी अधिकारी, अमेरिका, युरोप, जापान, दक्षिण कोरिया, क्यानडा र रुसका खरिदकर्तासँग मोलमलाई गर्ने डागोङले बताएको स्रोतले जनाएको छ । यसका खरिदकर्ताहरुले सम्भव भएसम्म सस्तो आपूर्ति गर्ने प्रयास गर्दै आएका छन् ।
केही वर्ष अगाडि उत्तर कोरियामा बनाएर मेड इन चाइना लेखिएको स्की सुट प्रयोग गरेकोमा स्पोर्टसवेयर ब्रान्ड रिप कर्लले माफी समेत माग्नु परेको थियो । रिप कर्लले यस बारेमा आपूmलाई केही पनि थाहा नभएको बताएका छन् ।
‘चिनियाँहरुले वर्षौसम्म डाङडोङमा उत्तर कोरियाली मजदुरलाई प्रयोग गर्दै आएका छन्,’ केटीसी स्पोर्टसवेयरका प्रबन्ध निर्देशक गेरहार्ड फ्लाट्जले बताए । मजदुरहरु सीमाना कटाएर पठाउने समेत गरिएको छ । ‘उत्तर कोरियाली मजदुरहरु चीनमा आउँछन् । तर उनीहरुलाई चिनियाँको तुलनामा अत्यन्त कम भुक्तानी गरिन्छ र मैले जाने अनुसार त्यहाँ जेलको जस्तो जीवन बिताउनु पर्छ ।’
कठिन अवस्थाको प्रतिबन्धका बावजुद उत्तर कोरियाली कपडा उद्योगको मूल्य २०१६ मा ७२ करोड ५० लाख डलरको पुगेको थियो । उत्तर कोरियासँग काम गर्नु भनेको ठूलो भू–राजनीतिक जोखिम हो ।
विदेशमा उत्तर कोरियाली कामदारलाई गरिने व्यवहार अन्तर्राष्ट्रिय श्रम मापदण्ड भन्दा तल्लो स्तरको हुने गरेको रिपोर्टले देखाएको छ । उनीहरुका लागि अभिव्यक्तिको स्वतन्त्रता हुदैन, घुमफिर गर्ने, विश्वका अन्य भागसँग सम्पर्क गर्ने स्वतन्त्रता हुदैन । उनीहरुले लामो समय काम गर्नुपर्ने र अधिक समय काम गर्दिन भन्ने अधिकार राख्दैनन् ।
यसका बावजुद हाल चीन र दक्षिण कोरियाका कामदारहरु सरकारी आइसोलेशनमा रहेका छन् । यो समयमा उत्तर कोरियाका लागि अवसर हुन सक्छ ।
‘उत्तर कोरियाबाट फाइदा लिनेमा न चिनियाँ हुन सक्छन् न दक्षिण कोरियाली,’ फ्लाट्जले बताए । हाल चीनबाट उत्तर कोरियामा जाने ४ लेनको राजमार्ग रहेको छ ।
यस्तो अवस्थमा उत्तर कोरिया भाइरसमुक्त रहेको छ भन्ने प्योङयाङको भनाईलाई पुष्टि गरेको छ । उत्तर कोरियाको पहिलेदेखिकै एक्लोपनाले कोभिड–१९ बाट मुक्त हुनका लागि सहयोग गरेको छ ।
कुनैपनि अन्तर्राष्ट्रिय उडानलाई अनुमती दिइएको छैन र व्यापक रुपमा पहरा दिइएको कोरियाली सीमामा भाइरस घुस्ने सम्भावना अत्यन्त कम छ ।




प्रतिक्रिया