सरकारले सुदूरपश्चिमलाई १० वटा मात्र थर्मोमिटर पठायो, रमेश लेखक आक्रोशित

सरकारले सुदूरपश्चिमलाई १० वटा मात्र थर्मोमिटर पठायो, रमेश लेखक आक्रोशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता रमेश लेखकले स्वास्थ्य जाँच सामग्री वितरणमा सरकारले सुदूरपश्चिमलाई विभेद गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको आफ्नो गृहप्रदेश सुदूरपश्चिमलाई मात्र १० थर्मोमिटर मात्र पठाएको भन्दै आपत्ति जनाएका हुन् ।

नेता लेखकले सामाजिक सञ्जाल फेसबुकमा सुदूरपश्चिमका जिल्ला, पालिका र स्वास्थ्य संस्थाहरू स्मरण गराउँदै सरकारलाई आवश्यक सामग्री तत्काल पठाउन आग्रह गरेका छन् ।

‘सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा छ । भारतबाट हजारौं नागरिक आएका छन् । नौ जिल्ला, ८८ पालिका, साना ठूला गरी पाँच सय जति स्वास्थ सेन्टर छन् । सरकारले हिजो १० थर्मो्मिटर पठाएको छ । अहिलेसम्म जम्मा ३७ जनाको परीक्षण भएको छ,’ उनले लेखेका छन्, ‘म सरकारलाई आवश्यक सामग्री तत्काल पठाउन, परीक्षण बढ़ाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न, अस्पतालमा बेडको व्यवस्था र राहतको व्यवस्था गर्न पुनः अनुरोध गर्दछु ।’