पावर चाइना कम्पनीले उर्जा मन्त्रालयलाई दियो ५ हजार सर्जिकल मास्क

पावर चाइना कम्पनीले उर्जा मन्त्रालयलाई दियो ५ हजार सर्जिकल मास्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनको पावर चाइना कम्पनीले नेपाललाई पाँच हजार थान सर्जिकल मास्क वितरण गरेको छ ।

कम्पनीले ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयमन्त्री वर्षमान पुन अनन्तलाई मास्क मंगलबारमास्क हस्तान्तरण उपलब्ध गराएको हो ।

पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री पुनलाई उक्त मास्क हस्तान्तरण गरेका हुन् । कम्पनीले दिएको मास्क लिँदै मन्त्री पुनले अभावका बेला सद्भावपूर्वक मास्क उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

मन्त्री पुनले कम्पनीले उपलब्ध गराएको मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहित अत्यावश्यक सेवाका कर्मचारीलाई वितरण गरिने बताए ।