कोरोनाको महामारीबाट विश्वका तानाशाहले के फाइदा लिए ?

कोरोनाको महामारीबाट विश्वका तानाशाहले के फाइदा लिए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्ला केही दिनमा करीब एक तिहाई मानिस कोरोनाभाइरसका कारण लकडाउनमा छन् । जहाँ कयौं देशका सैनिक शहरको बीच सवारी साधनको आवागमन नियन्त्रित गरिरहेका छन् भने प्रहरी पनि मेगाफोनबाट भीडले भरिएको इलाकाबाट मानिसलाई तितर–बितर हुन अपील गरिरहेका छन् ।

कयौं देशमा सार्वजनिक घोषणा गर्नका लागि ड्रोनको सहारा लिइदैछ । बढ्दो मृत्युदर तथा तीव्र दरमाफैलिएको बिमारीले विश्वको उत्कृष्ट स्वास्थ्य सेवालाई पनि समस्यामा पारेको छ ।

कयौं देशमा नाटकीय घोषणा गरेर यो बिमारीलाई नियन्त्रणमा लिने प्रयास गरिदैछ ।

तर केही राजनीतिक पंडितले यो बिरामीलाई नियन्त्रण गर्न केही सहयोग मिलोस् भन्ने मान्दै आएका छन् । भाइरस नियन्त्रण भएपछि केही देश त्यती प्रजातान्त्रीक नरहने जति २०२० मार्चमा रहेका थिए भन्ने अड्कल पनि काड्न थालिएको छ ।

कोरोना भाइरससँग जुझ्नका लागि उठाइएको कदम कुनै स्थायी त हुने होइन भन्ने आशंका पनि व्यक्त गर्न थालिएको छ ।

खतरालाई कम आक्ने प्रयास

सुरुमा विश्वका केही नेता यो महामारीका लागि तयार थिएनन् । अस्ट्रियाका ग्राज विश्वविद्यालयका प्राध्यापक फ्लोरियन बाइबेरका अनुसार विज्ञान र दक्षताप्रतिको तिरस्कारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, मेक्सिकोका राष्ट्रपति आन्द्रे ओबराडोर तथा ब्राजिलका राष्ट्रपति जाएर बोलसानारोको सरकारलाई असंवेदनशील सरकारको श्रेणीमा राखिएको छ ।

यो भन्दा पहिले यो बिमारीबाट उत्पन्न संकटलाई बेवास्ता गर्न मुश्किल भएको थियो । यी देशको प्रोपोगान्डा तथा सरकार समर्थक मीडियाले कोरोना भाइरसबाट उत्पन्न हुने खतरालाई आफ्नोतर्फबाट डाउनप्ले गर्ने कोशिश गरे ।
उदाहरणका लागि अमेरिकामा फक्स न्यूजले यो खतरालाई बढाइ चढाइ गर्नका लागि डेमोक्र्याटलाई आफ्नो हातमा लियो ।

सर्भिया र टर्किस सरकार समर्थक मीडियाले पंडित तथा तथाकथित विशेषज्ञको उक्त आवाजलाई बढी स्थान दिए, जसमा आफ्ना देशमा बस्ने मानिसहरुमा आनुवंशिक रुपमा यस किसिमको संक्रमणको सामना गर्नका लागि सक्षम भएको बताइएको थियो ।

यस किसिमको महामारीबाट तानाशाह नेताको शक्ति कमजोर हुन्छ । किनकी यसका लागि उनीहरुको कुनै पनि व्यक्तिलाई शिकार बनाउने प्रवृत्ती मानिसको घाटीमा आउदैनथ्यो ।

तर यदि यी नेताको कदमलाई वैधताको चुनौती दिइयो भने उनीहरुले कडा कदमलाई दुई गुणा गरिदिन्छन् र आपतकालीन अधिकारको प्रयोग आनो शक्तिलाई थप मजबुत बनाउनमा लगाउनेछन् ।

एक स्थानमा जम्मा हुनेको स्वतन्त्रतामाथि विश्वका करीब करीब सबै देशमा प्रतिबन्ध लगाइएको छ । तर यो एक मात्र अधिकार होइन जसमा रोक लगाइएको छ । कयौ देशमा चुनाव समेत रोकिएको छ ।
अमेरिकामा कमसेकम १२ राज्यमा डेमोक्र्याटिक प्राइमरीको चुनाव रोकिएको छ ।

यती मात्र होइन अमेरिका सीमा नियन्त्रणलाई थप मजबुत गर्ने प्रयासमा जुटेको छ, जुन उसको कार्यसूचीमा धेरै पहिलेदेखि थियो ।

सरकार बिरोधी प्रदर्शन रोकियो

कोरोनाका कारण सर्भिया तथा उत्तरी मेसोडोनियमा अफ्रिमा हुने राष्ट्रिय चुनाव रोकिएको छ । इराक, अल्जेरिया तथा लेबनानमा कयौं महिनादेखि चलिरहेको सरकार बिरोधी प्रदर्शन स्थगित गरिएको छ ।

बेलायतमा पनि मे महिनामा हुने स्थानीय निकायको चुनाव स्थगित गरिएको छ । हालको वातावरणमा चुनाव गर्न कठिन मात्रै होइन खतरनाक पनि रहेको छ । यसको स्पष्ट प्रमाणको रुपमा फ्रान्समा मे १५ मा भएको शहरी निकायको चुनावले कोरोना भाइरसफैलनुमा ठूलो भूमिका निभाएको छ ।

राजनीतिक टिप्पणीकारका अनुसार कयौं महिनासम्म चुनाव रोक्नाले केबल सरकारको वैधतामा सवाल उठाउन थालिएको छ । तर कयौं तानाशाहले यसको प्रयोग आफ्नो शक्ति बढाउनमा गर्नेछन् र उक्त समयमा चुनाव गराउनेछन् जब उनीहरुलाई फाइदा हुनेछ ।

यसको अर्को पक्ष पनि रहेको छ । अधिकतम पोल्यान्डवासी मे महिनामा हुने राष्ट्रपति चुनाव रोकियोस् भन्ने चाहन्छन् । तर त्याहाँको सरकार चुनाव निर्धारित समयमै होस् भन्ने चाहन्छन् । जसका माध्यमबाट वर्तमान राष्ट्रपति आन्द्रेज डुडाको सत्ताधारी ला एन्ड जस्टिन पार्टीलाई राजनीतिक फाइदा होस् ।
प्रायजसो आपतकालीन समयमा सत्ताधारी पार्टीलाई चुनाव प्रसारमा फाइदा हुन्छ र विपक्षी पार्टीको मुश्लिक बढ्छ ।