१५ दिनको तलब कारोना कोषमा जम्मा गर्ने नेकपा सुदूर पश्चिम संसदीय दलको निर्णय

१५ दिनको तलब कारोना कोषमा जम्मा गर्ने नेकपा सुदूर पश्चिम संसदीय दलको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुदूर पश्चिम संसदीय दलले कोरोना रोकथाम कोषमा पन्ध्र दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक तारा लामा तामांगले सुदूरपश्चिम प्रदेशबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपाका प्रदेश सभासदले जोखिम ब्यवस्थापनका लागि सरकारी कोषमा रकम जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ३० जना सांसद रहेका छन् । कोरोना भाईरसको संक्रमणबाट हाल सम्म नेपालमा ६ जना संक्रमित भएका छन् ।

कोरोना टेष्ट किट र ब्यक्तिगत सुरक्षा सामग्रीकोसहित स्रोतको अभावमा प्रभावकारीरूपमा काम हुन नसकेपछि प्रदेश सरकारले कोरोना रोकथाम तथा नियंत्रण जोखिम कोषको स्थापना गरेको थियो ।