सीमामा फसेका नेपालीको गुहारः सीमा खोलियोस्, हामीलाई नेपाल जान दिइयोस्

सीमामा फसेका नेपालीको गुहारः सीमा खोलियोस्, हामीलाई नेपाल जान दिइयोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – भारतको उत्तराखण्डसँग जोडिएको नेपालको दार्चुलामा फसेका नेपालीलाई नेपाल प्रवेश दिइएको छैन । नेपाल सरकारले स्पष्ट पारेको छ कि जबसम्म लकडाउनको समय पूरा हुदैन कसैलाई पनि नेपाल प्रवेशको अनुमती दिइन्न ।

दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भनेका छन्, ‘हामी सीमा खोलेर कसैलाई पनि यता आउने अनुमती दिन सक्दैनौं । कोरोनाभाइरस फैलनबाट रोक्नका लागि यो आवश्यक छ ।’

हालसम्म उपलव्ध जानकारीका अनुसार दार्चुलासँग जोडिएको भारतको सीमातर्फ करीब ५०० नेपाली नागरिक आफ्नो गाउँ जानका लागि भेला भएका छन् ।

यी मानिसहरु सीमाको ढोका खोलियोस र हाम्रो देश जान दिइयोस भन्दै नारा लगाइरहेका छन् ।

भारतमा विद्यार्थीको रुपमा पढिरहेका र मजदूरको रुपमा काम गरिरहेका नेपाली नागरिकले पनि नेपाल सरकारसँग आफूलाई बचाउन र नेपालमा उनीहरुको घरसम्म पुग्न दिनका लागि याचना गरिरहेका छन् ।

नेपाल–भारत दुवै देशमा अचानक रुपमा लकडाउन लागू गरिएको थियो । यस्ता अवस्थामा उनीहरुसँग कयौ सातासम्म खानेकुराको व्यवस्था गर्नका लागि समय पर्याप्त थिएन ।

भारतमा कोरोना भाइरस फैलनबाट रोक्नका लागि २५ मार्चदेखि २१ दिनको पुरै लकडाउन गरिएको थियो । यसैगरी कोरोना संक्रमणको दुई घटना पुष्टि भएपछि नेपालमा पनि २४ मार्चदेखि पुरै देशलाई एक साताका लागि लकडाउन गरिएको थियो ।

पछि नेपालले लकडाउनको अवधिलाई थप एक साताका लागि बढाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यद्यपि यहाँ कोरोना संक्रमणका कारण एकको पनि मृत्यु भएको छैन ।

भारतमा रहेको नेपाली दूतावासले यहाँ फसेका आफ्ना नागरिकलाई सम्पर्कका लागि एक मोबाइल नम्बर दिएको छ । भारतमा फसेका कुनै पनि नेपाली नागरिकलाई कुनैपनि औषधी वा खानेकुराको आवश्यकता भएमा सोही नम्बरमा फोन गर्नका लागि आग्रह गरेको छ ।

दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर हरि प्रसास ओडारी भन्छन्, ‘लकडाउनको समयमा कसैलाई पनि यात्रा गर्ने अनुमती छैन । यसैले जो जहाँ छन् त्यही बस्नु । दूतावासले उनीहरुको खाने व्यवस्था गर्नमा सहयोग गर्नेछ ।’