चीनमा फेरी खान थालियो कुकुर, बिरालो र चमेरोको मासु

चीनमा फेरी खान थालियो कुकुर, बिरालो र चमेरोको मासु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – कोरोनाभाइरस सुरुमा वुहानमा देखिएको थियो । यो विस्तारै–विस्तारै पुरै विश्वमा फैलियो । ४२ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

चीनले आफ्नो मुलुकमा यो संक्रमणलाई नियन्त्रणमा लिइसकेको दावी गरेको छ । त्यसैले यहाँ फेरी जनावरको बजार खुला भएको छ । कुकुर, बिरालो, चमेरो र बिच्छुको खुलेआम बिक्री हुन थालेको छ ।

आइतबार गुइलिन प्रान्तको बजार खुला गरिएको थियो । भीड पनि पहिलेको जस्तै छ । मानिसलाई यो एकिन भएको छ कि कोरोनाको संक्रमण समाप्त भयो र चिन्ताको कुनै गुन्जायास नै छैन । स्थानीय मानिस यसलाई विदेशीको समस्या मान्छन् ।

गुइलिनको डोङगुआनमा मासुको बजार पहिलो जस्तै भएको छ । केबल एक चीज फेरिएको छ । यहाँ गार्डलाई तैनाथ गरिएको छ र तस्बिर लिन दिइएको छैन ।