लक्ष्मी बैंक सञ्चालनको १९औं वर्षमा प्रवेश

लक्ष्मी बैंक सञ्चालनको १९औं वर्षमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लक्ष्मी बैंकले स्थपनाको १८ बर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा लक्ष्मी बैंकले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरु,शेयरधनीहरु,नियामक निकायहरु त्था यस बैंकसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएर निरन्तर सहयोग तथा मार्गदर्शन प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ ।

सर्वप्रथम विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीको यस घडिमा आफ्नो पेशागत धर्म निर्वाह गर्दै अहोरात्र खटिइरहनु भएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा अन्य अत्यावश्यक सेवा प्रदायक व्यक्ति,संघ संस्था तथा निकायहरु प््रति हामी आभार प्रकट गर्दछौं ।

लक्ष्मी बैंकले स्थपनाकाल देखि नै आफ्ना ग्राहकरुलाई प्रदान गर्ने सेवाहरु सूचना प्रविधिको प्रयोग गरि विभिन्न डिजिटल माध्यमहरु मार्फत प्रवाह गर्दै आगामी दिनमा पनि ग्राहक महानुभावहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्ने डिजिटल बैकिगलाई व्यापक एवं सुदृढ बनाउदै लैजान तथा नविनतम डिजिटल प्रोडक्ट सेवाहरु थ्प गर्नुका साथै ग्राहकहरुमा आवश्यक ज्ञान र सचेतना बढाउन विशेष रुपले डिजिटल सेवा प्रयोगको लागी साक्षरता अभियान संञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

यस असामान्य परिस्थिका कारणबाट ग्राहक महानुभावहरुले भोग्नु परेको कठिनाई तथा समग्र अर्थतन्त्रमा पर्ने असरहरुप्रति हामि संवेदनशिल छौं,। यसको सामाना गरी आफ्ना ग्राहकहरुको वित्तीय हितलाई ध्यानमा राखि अर्थतन्त्रमा पर्ने दूरगामी असरहरुलाई न्यूनीकरण गर्न यस बैंकबाट कटिबद्ध रहेको जनाएको छ ।