काठमाडौं – वीरगञ्जमा दुईपक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका-१९ स्थित बरेवा गाउँमा लकडाउनले समस्यमा परेका परिवारको लगत संकलन गर्ने विषयमा दुईपक्षबीच झडप हुँदा १९ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय विरगञ्जका अनुसार लगत संकलनको विषयमा बुधबार दुई पक्षबीच झडप हुँदा महिला तथा बालबालिकासहित १९ जना घाइते भएको बताएको छ ।
लकडाउनका बेला समस्यामा परेका परिवारको पहिचान गरी विवरण गर्न वडा कार्यालयमा पठाउने जिम्मा समितिलाई दिइएको थियो । बुधबार बिहान बरेवा गाँउमा समितिका सदस्यहरुले प्रभावित वास्तविक परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यबीच नै विवाद भएपछि झडप भएको स्थानीयले बताएका छन् । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया