यस्तो छ विश्वव्यापी नेतृत्व गर्ने चीनको महत्वकांक्षा

यस्तो छ विश्वव्यापी नेतृत्व गर्ने चीनको महत्वकांक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विगतका केही सातामा चिनियां राष्ट्रपति सी जिनपिङ विश्वभरीका नेतासंग फोन गर्नमा व्यस्त रहे र कोरोनाभाइरसको व्यवस्थानमा विश्वव्यापी समन्वयको काम गरे ।चिनियां स्वास्थ्य विज्ञहरुले आफ्नो अनुभव बाड्नका लागि अन्य मुलुकसंग भिडियो कन्फरेन्सको आयोजना गरे । ‘यो चीनले कुनैपनि अन्तर्रा्ष्ट्रिय संकटको समयमा विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह गरेको पहिलो पटक हो । अमेरिकाले भने आफ्नो राजनीतिक शक्ति यो महामारीका लागि चीनलाई जिम्मेवार ठहराउदै उसको आलोचनाका लागि खर्चिएको छ । ’ यो साताको रिपोर्टमा युरेसिया ग्रुपका विश्लेषकहरुले बताएका छन् ।

सामाजिक र राज्य स्वामित्वका मिडियामा चीनले लगातर युरोप र अफ्रिका नराम्ररी प्रभावित भएका मुलुकहरुमा चिकित्सा सामग्रीको आपूर्ति गरेको विषयलाई बढावा दिंदै आएका छन् ।

चीनमा ब्लक गरिएको भएपनि बेइजिङको प्रयासको प्रचार गर्नका लागि चिनियां अधिकारीहरुले ट्वीटरको प्रयोग गर्दै आएका छन् । घरेलु रुपमा महामारी नियन्त्रण गर्नका लागि चीन सफल भएको विषय उनीहरुले प्रचार गरिरहेका छन् । भाइरस आफ्नै मुलुकमा पहिलो पटक जानकारीमा आएको र सुरुमा यसको राम्रो व्यवस्थापन नभए पनि उनीहरु आफ्नै मुलुकमा यो नियन्त्रण गर्न सफल भएको विषय उनीहरुले दोहो¥याउदै आएका छन् ।

‘मलाई लाग्छ विश्वमा विश्वास निर्माणका लागि सताब्दीकै अवसर हो । उदीयमान मुलुक चीनले यसलाई अत्यन्त कठिन मान्दै आएको थियो र अन्तर्रा्ष्ट्रिय छाप निर्माणका लागि पनि यो कठिन देखिएको थियो । चीनले यो जस्तो अवसरको खेर जान दिंदैन । ’ एलएसईमा अर्थशास्त्रका एसोसियट प्राध्यापक केयू जीनले भनिन् ।

सार्वजनिक स्वास्थ्य संकट चीनका लागि विश्वव्यापी शक्तिको रुपमा स्थान लिनका लागि सताब्दीकै अवसर हुन सक्ने उनको धारणा थियो । तर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र आफ्नो महत्वाकांक्षा सहज रुपमा पुरा गर्न सक्षम नहुने जोखिम परामर्शदाता युरेसिया ग्रुपले जनाएको छ ।

‘नेदरल्यान्ड्स, स्पेन र टर्की जस्ता मुलुकले चीनबाट आएको मास्क र परीक्षणमा त्रुटी पाएका छन् उसको यो कमजोरी लामो अवधिसम्म जानेछैन । ’ युरेसियाका विश्लेषकले लेखेका छन् ।

विश्वव्यापी अडियन्सका लागि नभएको र घरेलू रुपमा मात्रै रहेको ट्वीटरमा पनि चीनले आफ्नो कुटनीति प्रयोग गरेको छ ।चीनको नेतृत्वले यसका लागि दुई महत्वपूर्ण राजनीतिक लक्ष्य लिएको युरेसियाका विश्लेषकहरुले बताएका छन् । पहिलो,यसले चीनको शासकिय मोडलको सर्वोच्चतामा उनको दावीको प्रतिरक्षा गर्छ । यो आक्रामक नियन्त्रणको मापन र महामारीको सुरुको चेतावनीप्रति मौन बसेको भन्ने बारेमा चीनभित्रैबाटै केही आलोचनाहरुको बिरुद्धमा स्पष्ट पछाडी धकेल्नु रहेको छ ।

दोस्रो, यसले चीनमै रहेको राष्ट्रवादी भावनालाई ग्रहण गर्छ । चिनियां राष्ट्रपति सीले पीडादायी वर्षको रुपमा रहेको अर्थतन्त्रलाई निर्देशित गरेसंगै बेइजिङका लागि सहयोग गर्छ । विदेशी नेताहरुसंगको सीका कतिपय वार्तालापले सप्लाई चेनलाई खुला राख्ने र व्यापारलाई कायमै राख्ने तथा सहयोगको डेलिभरीलाई केन्द्रीत गरेको छ । तर, यस किसिमका प्रयासले चीनको असुरक्षा र कमजोरीलाई खुलासा गर्ने ब्रकिङ इन्सटिच्यूटका ¥यान हास र केभिन डङले बताए ।

‘यीनले वुहानमा भाइरसको संक्रमणप्रति चीनको सुरुको जिम्मेवारीको असफलतालाई सम्हाल्ने काम गरेका छन् । ’ हालैको वेब पोष्टमा उनीहरुले लेखेका छन् ।
यसले विश्वका दुई सर्वाधिक शक्तिशाली मुलुकलाई न्यारेटिभ युद्धमा धकेलेको छ । यसले भू–राजनीतिक प्रतिद्वन्द्वीतालाई कम आकेको छ र भविष्यमा थप तनाव हुनेछ । आन्तरिक जनसंख्यालाई मात्रै ध्यान दिंदा पनि यसले सबै समयमा राम्रो भूमिका देखाउन सक्दैन ।

उदारहणका लागि बेइजिङले भाइरस वुहानमा अमेरिकाबाट आएको भन्ने चिनियां विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानको भनाईलाई वकालत गरेको छ । अमेरिकासंग उनको शब्दको युद्धको रुपमा आएको यो अवस्था नियन्त्रण बाहिर गएको युरेशिया ग्रुपले जनाएको छ । बेइजिङको सहयोगको समाचारलाई चीनमै राम्रो रुपमा ग्रहण गरिएको छैन । संकटले चीनभित्रै आम्दानीको समानतालाई झनै खराब बनाएसंगै यस्तो अवस्थाको सिर्जना भएको परामार्शदाताले थपेको छ ।

‘यसले बेइजिङको सहयोगको आकारमा अवरोधकको भूमिका निर्वाहा गर्न सक्छ र चीनको सहयोगलाई उसको फाइदाका लागि हुनुपर्ने प्रवृत्तीतर्फ डो¥याउन सक्छ । चिनियां अधिकारीहरुले सहयोगले विगतमा सम्भावित लाभग्राहीले चीनलाई कस्तो व्यवहार गरेका थिए भन्ने विषयमा खुला रुपमा बोल्न थालेका छन् ।’ युरेसिया ग्रुपले भनेको छ ।

तर, चीनको सहयोग बाधिएको तारको रुपमा आउने छ । यो चीनको रणनीतिक उद्देश्यलाई अगाडि बढाउनका लागि लक्षित छ ।  साना युरोपेली अर्थतन्त्र र ईयूका सदस्य भएका मुलुकहरुसंग सम्बन्ध निर्माण गर्ने चिनियां प्रयासप्रति विशेषगरी ईयू चिन्तित देखिएको छ । ईयूले इटाली, हंगेरी र सर्भियामा चीनको मास्क कुटनीतिप्रति नजिकैबाट सतर्कता देखाएको युरेशिया ग्रुपका विश्लेषकहरुले बताएका छन् ।

युरोपेली संघका विदेश नीतिका प्रमुख जोसे बोरेलले हालैमा सार्वजनिक स्वास्थ्य संकटमा देखिएको वाक युद्धको बारेमा एक ब्लग पोष्टमा चेतावनी दिएका थिए । ‘चीनले आक्रामक रुपमा यो सन्देशलाई अगाडि बढाइरहेको छ कि उ अमेरिकाको विपरित एक जिम्मेवार र विश्वसनीय साझेदार हो । ’ उनले लेखेका छन् ।
बोररेलले थपे ‘हामी भू–राजनीतिक तत्वको कताईको माध्यमबाट प्रभावको संघर्ष र उदारताको राजनीति सहितको घटकप्रति अवगत हुनुपर्छ । ’
सीएनीसीबाट अनूदित