एजेन्सी – विश्व कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएका बेला मर्जनीमा भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कम रहेको छ ।
जर्मनीले कोरोनाभाइरसलाई सन्तुलनमा राख्न सफल भएको छ । यहाँ संक्रमणको संख्या बढी छ भने मृत्युको संख्या कम रहेको छ । जर्मनीले यो सन्तुलन कायमा राख्नमा विभिन्न तत्वहरु जिम्मेवार रहेका छन् ।
शुक्रबारसम्म युरोपका इटाली र स्पेन प्रत्येकमा १ लाख भन्दा बढी संक्रमित सहित नराम्ररी प्रभावित भएका छन् । जर्मनीमा ८४,७९४ संक्रमित छन् भने मृत्यु दर १,१०७ मात्रै रहेको जोन हपकिन्स युनिभर्सिटीले जनाएको छ ।
जर्मनीको न्यून मृत्यु दर केबल १ प्रतिशत भन्दा थोरै माथि रहेको छ । यो छिमेकी युरोपेली मुलुकको तुलनामा ठूलो अन्तरले कम हो । भाइरसको शंका गरिएका मानिसमा गरिएको व्यापक परीक्षण कार्यान्वयन गर्ने जर्मनीको निर्णयले यो सम्भव भएको हो । तर इटाली र बेलायतमा लक्षण देखिएका मानिसमा मात्रै परीक्षण गर्ने गरिएको छ ।
युनिभर्सिटी अफ कोलोग्नेमा स्वास्थ्य अर्थशास्त्र र महामारीका प्राध्यापक र जर्मनीको सोसियल डेमोक्र्याटिक पार्टी (एपीडी) का प्राध्यापक कार्ल लाउटरबाचका अनुसार केही मुठ्ठिभरीका कारणले जर्मनीमा महामारीको थोरै असर परेको छ ।
जर्मनी अन्य युरोपेली मुलुकहरु इटाली, स्पेन र फ्रान्सको तुलनमा पछि मात्रै संक्रमणको अवस्थामा पुगेको आफूहरु हाल सम्म भाग्यमानी भएको उनले बताए ।
‘त्यसैले हामीलाई सामान्य मात्रै असर प¥यो र जर्मनीमा महामारीको छाल पछि मात्रै आयो । दोस्रो पहिलो संक्रमित व्यक्ति जनसंख्याको औसतको तुलनामा युवा उमेरका थिए । त्यसैले हामीलाई पछि मात्रै असर प¥यो र सुरुमा युवा मात्रै बिरामी भए ।’
तेस्रो तत्वको रुपमा लाउटरबाचले संक्रमणको संख्यामा मन्द वृद्धिलाई मानेका छन् । ती बिरामीलाई देशका राम्रा संस्थामा उपचार गरियो । यसमा देशका उत्कृष्ट युनिभर्सिटी अस्पतालहरु रहेका छन् ।
उनले भने, ‘चौथो भनेको जर्मनको स्वास्थ्य हेरचाह प्रणाली र अस्पताल व्यवस्थालाई विगत २० वर्षको अवधिमा सोसियल डेमोक्र्याट्स र क्रिश्चियन डेमोक्र्याटले आधुनिकिकरण गरेका छन् । यसको अर्थ त्याहाँ धेरै अस्पतालको शैया, धेरै भेन्टिलेटर, धेरी आईसीयू शैया र धेरै चिकित्सक छन् । सामान्य रुपमा भन्नु पर्दा यहाँ युरोपका अन्य मुलुकको तुलनामा बढी छन् । त्यसैले जर्मनका प्रणालीले यस किसिमको महामारीलाई राम्रो रुपमा नियन्त्रण गर्न सक्यो ।’
लगभग सबै युरोपेली मुलुकहरुले कोरोनाभाइरसको महामारी पैmलनबाट रोक्नका लागि लकडाउनको नीति अवलम्वन गरे । हताहतीको दर पनि फराकिलो रुपमा फरक रहेको छ ।
उदाहरणका लागि इटालीमा मार्चको अन्त्यसम्ममा मृत्यु दर ११ प्रतिशतको हाराहारीमा रहेको छ । जर्मनीको दर दक्षिण कोरियाकै तुलनामा रहेको छ । जर्मनीको लकडाउन र व्यापक परीक्षणले पनि कम मृत्यु दरका लागि सघाएको लाउटरबाचले बताए ।
जर्मनीले एक साताको अवधिमा ५ लाख सम्म परीक्षण गर्ने क्षमता राख्छ भने बेलायतले प्रतिदिन १० हजार भन्दा थोरै माथिको मात्रै व्यवस्थान गर्न सक्छ ।
लाउटरबाचले सबैभन्दा खराब अवस्थामा पनि जर्मनीको ८ करोड ३० लाख जनसंख्याको १० प्रतिशतलाई मात्रै को।रोनाभाइरसको संक्रमण हुने बताए । यस्तो अवस्थामा पनि मृत्यु दर १ प्रतिशत मात्रै हुने र ८० हजार मानिस मर्न सक्ने बताए ।




प्रतिक्रिया