शिवम् सिमेन्ट्सद्वारा ३८० घर परिवारमा खाद्यान्न वितरणका साथै आइसोलेसन वेडका लागी सहयोग

शिवम् सिमेन्ट्सद्वारा ३८० घर परिवारमा खाद्यान्न वितरणका साथै आइसोलेसन वेडका लागी सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) को महामारीको यस अवस्थामा शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनको लागि १० वटा आइसाेलेसन वेड बनाउन आर्थिक सहयोग गरेको छ ।

शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गांउपालिकामा आइसाेलेसन वेड सहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

केही दिन देखी देशमा जारी लक डाउनका कारण सबै नेपालीको दैनिक जिवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लक डाउन मात्र एक उपाय भएकोले यो अझ लम्विन सक्ने सम्भावना देखिएको छ । यस लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानिय तहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले बताए ।

साथै नोबेल कोरोना भाईरस (कोभिड १९) को यो महामारी यस अघी हामीले भोगेका संकट भन्दा भिन्न र विशेष किसिमको महासंकट हो र यसका विरुद्ध सरकारबाट भैरहेको पहलका वावजुद महामारीको रोकथामका लागि तपाई हामी सबैको उतिक्कै योगदानको खांचो छ । तसर्थ विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पुर्ण पालना गरी आफु बाचौं र अरुलाई पनि बचांऔं ।