कञ्चनपुर – कञ्चनपुरको बेदकोटका ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ । भारतको उत्तराखण्डबाट ती सङ्क्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए ।
उहाँले सो दिन खटिएका शसस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताए । शसस्त्र प्रहरी बलले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिएको शसस्त्र प्रहरीले जनाएको छ ।
चैतको दोस्रो साता लकडाउनको शुरुवात बेला सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार तथा स्वास्थ्य परीक्षणमा महत्वपूर्ण भूमिका समेत निभाएको थियो । शसस्त्र प्रहरी बलले भारतीय सुरक्षा निकायसित पनि आवश्यक समन्वय तथा सहकार्य गर्दै आएको जनाएको छ ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि सङ्क्रमित भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिए । उनले सङ्क्रिमतसँगै क्वारेन्टाइनमा आश्रय लिएकाको अवस्था सामान्य रहेको बताउनुभयो । “अहिले सुन्दरपुरको क्वारेन्टाइनमा २५ जना बस्दै आएका छन् ।
कञ्चनपुरका ९ वटै स्थानीय तहले पनि भारतलगायत तेस्रो मुलुकबाट घर फर्किएकाको तथ्याङ्क सङ्कलन गरेर सावधानि अपनाउन क्वारेन्टाइन बस्न आग्रह गरेका छन् । सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ्गमा कोरोना भाइरस परीक्षणका लागि ¥यापिट टेस्टिङ किट प्रयोग गर्ने निर्णय गरेको छ“सङ्क्रमण अरुमा नफैलियोस भनेर सरकारले किट प्रयोग गर्ने निर्णय गरेको हो । रासस




प्रतिक्रिया