काठमाडौं- नेपालका लागि चिनियां राजदूत होउ याङछीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका फस्टको नीतिको नाम नै नलिइकन चीनले चाइना फस्टको नीति नलिएको बताएकी छन् । नेपाली मिडियाहरुले संयुक्त रुपमा लिएको अन्तर्वाताको क्रममा उनले यस्तो बताएकी हुन् ।
राजदूत याङछीले चिनियां राष्ट्रपतिको सी जीनपिङको निर्देशन र चिनियां सरकार र जनताको बलिदानबाट चीनमा महामारी नियन्त्रणमा आएको भएपनि विश्वमा बढीरहेको भन्दै चीन विश्व समुदायलाई सहयोग गर्नका लागि तयार बताइन् ।
चीनले राजनीतिक फाइदाका लागि विदेशी राष्ट्रलाई सहयोग गरिरहेको छ कि भनि सोधिएको प्रश्नमा उनले निःस्वार्थ रुपमा चीनले विश्वका १२० मुलुकलाई विभिन्न चिकित्सा सामग्री सहयोग गरेको दावी गरिन् । नेपालले समयमै महामारीको सूचना पाएकोमा नेपाल सरकारले यसको नियन्त्रणका लागि प्रयास गरिरहेको पनि उनले बताइन् ।
यो महामारीसंग जुध्नका लागि चीनले नेपाललाई कस्तो सहयोग गरिरहेको छ भनि सोधिएको प्रश्नमा उनले भनिन् ‘चीनले नेपाललाई सक्दो प्रयास गरिरहेको छ ।’




प्रतिक्रिया