ठूलो स्वरले गफ गर्ने ५ जनामाथि रसियामा गोली ठोकियो

ठूलो स्वरले गफ गर्ने ५ जनामाथि रसियामा गोली ठोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् ।

राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २०० किलोमिटर टाढाको र्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको अधिकारीहरुले बताएका छन् ।  प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ ।