देशभर ९ हजार क्वारेन्टाइनमा, १ सय जना आइसोलेसनमा भर्ना

देशभर ९ हजार क्वारेन्टाइनमा, १ सय जना आइसोलेसनमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना आशंकामा ९ हजार बढी क्वारेन्टाइनमा रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) आशंकामा अहिलेसम्म देशभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा १६ जना र बाहिर ८४ जना गरेर एक सय जना आइसोलेसनमा छन् । अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

‘कोरोना परीक्षणको दायर बढाउने क्रममा कञ्चनपुर र कैलालीमा र्या्पिड किट र स्वाबको नमुना संकलनको काम भइरहेको छ’, प्रवक्ता देवकोटाले भने, ‘अहिलेसम्म आज कञ्चनपुरमा २१ र कैलालीमा १८ जनाको नमुना संकलन भएको छ । ’

स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणका लागि दुई रणनीतिसहित काम सुरु गरेको प्रवक्ता देवकोटाले जानकारी दिए । सरकारले पहिलो रणनीतिको रुपमा परीक्षण बढाउने काम सुरु गरेको छ ।