काठमाडाैँ– आमाको उपचार गराउन काठमाडौँ आएकी एक महिला बलात्कृत भएकी छन् । गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी उनी नक्कली डाक्टरबाटै बालत्कृत भएकी हुन् । २७ वर्षीय अर्जुन कोइरालाले अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती महिलालाई आफू पनि डाक्टर भएको बताएका थिए ।
उनी पाल्पा तानसेन–११ घर भइ हाल काठमाण्डु–२६ मा बस्दै आएका थिए । ती महिलालाई अर्जुनले आफ्नो नाम सन्तोष घले बनाएर अस्पतालका डाक्टरहरुसँग राम्रो चिनजान भएको बताउँदै आएको बुझिएको छ । पीडितले झुक्काएर जबरजस्तीकरणी गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनले महिलालाई सामाखुशीस्थित आफ्नो सानी आमासँग भेटघाट गर्न भनेर मित्रनगरस्थित फूलबारी गेष्ट हाउसमा लगेर पटकपटक बलात्कार गरेका छन् ।
उनी यसअघि नेपाली सेनाको जवान रहेको खुलेको छ । त्यहाँ पनि उनी जबरजस्तीकरणी मुद्दामा परेर बर्खास्त भएका थिए । कोइरालाले बयानका क्रममा आफूले जबरजस्तीकरणी स्वीकार गरेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया