काठमाडौं –संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको शव लिएर श्री एयरलायन्सको जहाज आइतबार (आज) सुडानबाट काठमाडौं आईपुगेको छ ।
प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको हृदयघातबाट निधन भएको थियो । उनी ९ महिना अघि सुडान मिशन मुख्यालयमा ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए । उनको सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो ।
सुडान पुग्न नेपाल हुदै उड्नुपर्ने मुलुकहरु भारत, पाकिस्तान, मस्कट, साउदी अरब र सुडानका लागि परराष्ट्र मन्त्रालयले ओभर फ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको थियो ।
यो चार्टर उडानको खर्च संयुक्त राष्ट्र संघले बेहोर्ने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट सानेपाका स्थायी बासिन्दा हुन् ।




प्रतिक्रिया