काठमाडौं– नेपाल प्रहरीमा लामो समयदेखी रोकिएको बढुवा सुचारु गर्ने तयारी भएको छ । चैत्र २८ गते मात्र प्रहरीमा एसएसपीबाट डिआईजीको बढुवा सिफारीस भएको थियो ।प्रहरी स्रोतले दिएको जानकारीअनुसार बिहिवारसम्म एसपीबाट एसएसपी बढुवा हुनेको टुंगो लगाउने तयारी छ । त्यसपछि डिएसपीबाट एसपी र इन्सपेक्टरबाट डिएसपीमा बढुवाको तयारी छ ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले त्यसको तयारी गर्न कर्मचारी प्रशासन शाखालाई निर्देशन दिइसकेका छन् । एसएसपीको बढुवाको लागी भने गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बोर्डले तयारी गरिरहेको छ ।
प्रहरीमा एसपीबाट एसएसपीमा बढुवा हुन ४१ जना उम्मेदवारहरु दौडमा छन् । रिक्त १९ सिटमा बढुवाको तयारी भएको छ । बढुवाको लागी एसपीहरु विरेन्द्र वस्याल,भरत बोहरा,कुवेर कडायत, रविन्द्र केसी,विष्णु कुमार केसी, सुदिप गिरी, दुर्गा सिंह,किरण राणा, हृदय थापा, अशोक सिंह, चक्र बहादुर सिंह,केदार ढकाल,मुकेश सिंह,कृष्ण महत, अर्जुन चन्दलगायत छन् ।
त्यसैगरी डिएसपीबाट एसपीमा बढुवा हुन् ५२ जना दौडमा छन् । ३४ रिक्त सिटको लागी केदार खनाल,रामप्रकाश शाह,तुलबहादुर कार्की, राजिव वस्नेत, भुवनेश्वर तिवारी, शिव श्रेष्ठ, सुरेश काफ्ले, राजकुमार सिलवाल,होविन्द्र वोगटी, वेद विष्ट, नकुल पोखरेल,संजय सिंह थापा, पदम विष्ट,दिपेन्द्र शाह, प्रेम वस्नेत,प्रभु ढकाल,महेन्द्र श्रेष्ठलगायत छन् ।
त्यसैगरी इन्सपेक्टरबाट डिएसपी बढुवाको लागी एक सय जना भन्दा बढी दौडमा छन् । रिक्त ५७ सिटको लागी अघिल्लो ब्याजबाट खर्ग नारायण शाह,चिरन्जीवी दाहाल,अरुण कुमार भण्डारी,रविराज थपलिया,मोहन विक्रम दाहाल, केदारराज पन्त,देविप्रसाद पौडेल, सागर विक्रम राणा,राजेन्द्र प्रसाद रेग्मी,टिकाराम रेग्मी,अरविन्द कुमार द्धिवेदी, मदन गिरी, कृष्ण कुमार केसी,पुरुषोत्तम रावत क्षेत्रीलगायत छन् ।
त्यसैगरी ०६७ भदौमा प्रहरी निरीक्ष्ँकका रुपमा सेवा प्रवेश गरेकाहरुमध्ये अनिल कुमार घिमिरे, नारायण डांगी, तर्कराज पाण्डेय, रविन विष्ट, चंचला श्रेष्ठ, शर्मिला गुरुङ्ग, पूर्णिमा चन्द, रुपा लावुंग,सुरज कार्की, संजिवबावु खड्का, सुवास बुढाथोकी,रामेश्वर त्वाती,प्रतिक विष्ट,शिवराज बुढाथोकी,रेशम बोहरा,रमेश बहादुर पाल,प्रमेश विष्ट,मोहनमणी अधिकारी,बसन्त कुमार शर्मा,राजन कार्की र कैलाश राईलगायत डिएसपी बढुवाको लागी दौडमा छन् ।
अघिल्लो ब्याचबाट तालिम नगरेका,कार्वाही परेका र बढुवाको लागी शैक्षिक योग्यता नपुगेकाहरु दुई दर्जनभन्दा बढी भएकाले रिक्त ५७ सिटमा ०६७ को ब्याचबाट २० देखी २५ जना बढुवा गर्ने तयारी छ । बांकी सिटमा पुरानै टोलीई बढुवा गर्ने तयारी रहेको स्रोतको दावी छ ।




प्रतिक्रिया