सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती विपना रोकायालाई हवाई उद्धार गरिएको छ ।

सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए । चिकित्सकका अनुसार उनको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ ।

नेपाली सेनाको हेलिकप्टरद्वारा आज जिल्ला सदरमुकामबाट दुनैबाट उनलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । विपनालाई सुत्केरी गराउन यही वैशाख २ गते जिल्ला अस्पताल ल्याइएको उनका श्रीमान् लक्ष्मीले जानकारी दिए ।