कर्णाली करिडोरमा काम थाल्ने तयारी

कर्णाली करिडोरमा काम थाल्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट – राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो । नेपाली सेनाले काम गरिरहेको यो निर्माणाधीन सडकको काम थाल्ने आयोजना प्रमुख तथा सेनानी मिलन कार्कीले जानकारी दिए ।

दु्रत गतिमा काम अगाडि बढिरहेको कर्णाली करिडोरको तीन हप्ताअघि बन्दाबन्दीसँगै रोकिएको थियो । ‘‘नेपाली सेनाको विकास निर्माण दलले रोकिएको काम थाल्ने तयारी गरेको छ’’, कार्कीले भने । उनी कर्णाली करिडोरको खुलालु लैफु कवाडी हँुदै सलीसल्ला सडक निर्माण दलका आयोजना प्रमुख हुन् ।

त्यस सडक खण्डमा नेपाली सेना र कामदार गरी तीन सय बढीले काम गर्दै आएका थिए । सेनाले त्यस सडक खण्डको १२३ किलोमिटर निर्माणको जिम्मा पाएकोमा बन्दाबन्दी अघिसम्म ११५ दशमलव एक किलोमिटर सडकको प्रारम्भिक ट्र्याक खोल्ने कार्य पूरा भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।