लकडाउनमा जनतालाई सडकमा उत्रिन बाध्य नपार्न प्रधानमन्त्रीलाई डिला संग्रौलाको चेतावनी

लकडाउनमा जनतालाई सडकमा उत्रिन बाध्य नपार्न प्रधानमन्त्रीलाई डिला संग्रौलाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को गल्ती नगर्न चेतावनी दिएकी छन् ।

सरकारले सोमबार ल्याएको राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गरेको बताएकी छन् ।

‘कोरोनाको कहर र लकडाउनका बेला प्रधानमन्त्री केपि ओलीले एक पछि अर्को गल्ती गर्दै जाने हो भने गोलि र बन्दुक खान तयार भएको ज्यान लोकतन्त्र जोगाउन कोरोनासंग डराउदैन’, उनले भनिन् ।

उनले ओलीको तानाशाही प्रवृतिविरुद्ध जनता सडकमा ओर्लिने चेतावनी दिएकी छन् ।

‘यस्तै गल्ती गर्दै जाने हो भने धेरै दिन सहन सकिँदैन । संविधान र लोकतन्त्रको रक्षार्थ अनि उनको तानाशाही प्रबृत्तिको विरुद्ध फेरी नेपाली जनता समाजिक दुरि कायम गर्दै सडकमा उत्रिन बाध्य बनाएकै हो ,प्रधानमन्त्री ज्यु ?’ उनले प्रश्न गरेकी छन् ।