काठमाडौं – बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् । राहतमा कुहिएको दाल बाँडेपछि मेयर राजेशराय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
एसपी कृष्ण पंगेनीले मेयर यादवलाई कुहिएको राहत वितरण गरेको आरोपमा सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए ।
गत २८ गते नगरले वितरण गरेको राहतमा कुहिएको दाल भेटिएको थियो । त्यसकै भोलिपल्ट प्रहरी र जिल्ला प्रशासन कार्यालयले उनको घरमा छापा मारेको थियो ।




प्रतिक्रिया